वीरगन्ज :

२१ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने चेतावनी

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.2kViews
1847 Shares

काठमाडौं,११ जेठ । नेपाल प्रहरीका एक हवलदारसहित २१ जना प्रहरी कर्मचारी बिना जानकारी गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

फागुनदेखि चैत महिनासम्म विभिन्न मितिमा आफूखुशी सेवा नपुगी सम्पर्कविहीन भएका ती प्रहरीहरूलाई खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको जनाउँदै, कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेको हो।

गैरहाजिरमध्ये एक जना प्रहरी हवलदार, पाँच जना सहायक हवलदार, १५ जना जवान तथा एक जना प्रहरी कार्यालय सहयोगी छन्। हवलदार अमरनाथ चौधरी कर्णाली प्रदेश प्रहरी कार्यालय गण, सुर्खेतमा कार्यरत थिए भने उनी चैत २६ देखि गैरहाजिर रहेका छन्।

सहायक हवलदारहरू राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर पनि चैत महिनादेखि सेवा नपुगी सम्पर्कविहीन छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार, ती सबैलाई आवश्यक खोजबिन गरिसकिएको छ, साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गर्दै सूचना समेत टाँसिएको छ।

अब उनीहरूले आफ्नो गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिँदै सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्नेछ। अन्यथा, प्रहरी नियमावली २०७१ को नियम १०९ को खण्ड (ख) (१) बमोजिम सेवा स्वतः समाप्त हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *