वीरगन्ज :

२० वर्षदेखि फरार ज्यान मुद्दाका दोषी दम्पती कपिलवस्तुबाट पक्राउ

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.1kViews
1598 Shares

काठमाडौँ, २१ फागुन । ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक दम्पतीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका निवासी जित बहादुर दमाई र उनकी पत्नी नमी दमिनी रहेका छन्, जो पछिल्लो समय कपिलवस्तुको शिवराज नगरपालिका–१ मा लुकेर बस्दै आएका थिए ।

दाङ जिल्ला अदालतले २०५७ असोजमा उनीहरूलाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। फैसला लगत्तै फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर अमर बहादुर माझीका अनुसार गोप्य सूचनाका आधारमा कपिलवस्तुमा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। अदालतको आदेशअनुसार पक्राउ परेका दम्पतीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *