वीरगन्ज :

२० वर्षअघि हत्या अभियोगमा दोषी ठहर भइसकेका तामाङ पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.7kViews
1842 Shares

काठमाडौं, ७ चैत्र । व्यक्ति हत्याको कसुरमा २० वर्ष कैद सजाय सुनाइएका एक व्यक्ति दुई दशकपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखुवासभा, चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङ रहेका छन्। उनीमाथि २०६१ साल चैत २२ गते भोजपुरको जरायोटार-४ निवासी ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको आरोप थियो ।

२० वर्षअघि हत्या आरोपमा दोषी ठहर भए पनि लामो समय फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय, चैनपुरले ६ चैतमा पक्राउ गरेको हो। पक्राउपछि उनलाई अदालतमार्फत कैद भुक्तानका लागि कारागार पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *