काठमाडौं,०८ चैत । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न कदम चालेको छ। मन्त्रालयले बिहीबार तेस्रो पटक सूचना प्रकाशित गर्दै, १ महिनाभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्राम र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा रोक लगाइने चेतावनी दिएको हो।
मन्त्रालयले यस अघि पनि सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा दर्ता गर्न आग्रह गर्दै चेतावनी जारी गरेको थियो। अब, १ महिनाभित्र दर्ता नगरे यी प्लेटफर्महरू नेपालमा सञ्चालन गर्न सक्ने छैनन्।
प्रतिक्रिया