वीरगन्ज :

१९ लाखकाे माेबाइल र घडिसहित एक भारतिय पक्राउ

१९ लाखकाे माेबाइल र घडिसहित एक भारतिय पक्राउ

श्रेणी : BANNER

2 years
Pradeep Sah
124Views
0 Shares

वीरगंज । भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइएकाे बिभिन्न ब्राण्डका मोबाईल र घडीसहित एक भारतिय नागरिकलाई प्रहरीले पक्रा‍उ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर निवासी ३३ बर्षिय मनोज कुमारलाई नियन्त्रणमा लिएकाे हाे । 

विशेष सूचनाको आधारमा शनिबार खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ वदननगरस्थित मनाेज साहकाे घरबाट अनाधिकृतरूपमा भन्डारण गरेर राखिएकाे रू १९ लाख १४ हजार बराबरको घडी तथा मोबाईलहरू बरामद गरेकाे हाे । 

मनोज साहको घरमा कोठा भाडामा लिइ बस्दै आएका मनोज कुमारको कोठा खानतलासी गर्दा उक्त कोठाबाट भन्सार छलिकाे विभिन्न ब्रान्डकाे माेबाइल र खडिहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

उक्त घडी तथा मोबाईल सहित पक्राउ परेका मनोज कुमारलाई आवश्यक कारवाहीको लागि आइतबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *