वीरगन्ज :

१७ हजारभन्दा बढी ट्रामाडोल लागुऔषधसहित सात युवक पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.7kViews
1029 Shares

चितवन,०५ भदाै । जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणको लागुऔषधसहित सात जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले भरतपुर–९ स्थित केन्द्रीय बस टर्मिनल नजिकैबाट उनीहरूलाई आज बिहान पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरू एक होटलमा बसेर १७ हजार ४०० वटा ट्रामाडोल क्याप्सुल बिक्री गर्ने तयारीमा थिए। पक्राउ परेकामध्ये एक जना भारतको विहार राज्य, पश्चिम चम्पारणका युवक पनि रहेका छन्।

हाल उनीहरूलाई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *