वीरगन्ज :

१७ वर्षीया किशोरीमाथी सामूहिक बलात्कार, दुई जना पक्राउ

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.5kViews
1079 Shares

काठमाडौँ, १४ पुस । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।

पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् ।

घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *