वीरगन्ज :

१७ लाख मूल्यको भन्सार छलीको सामान बरामद

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
2.0kViews
1365 Shares

जनकपुर,२३ असार । सुनसरीमा भन्सार छली गरी भारतबाट ल्याइएको १७ लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको गस्ती टोलीले इनरुवा नगरपालिका–९ स्थित बबिया साम्बला टोलबाट उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, प्रहरीले चेकजाँचका क्रममा को ३२ प २५४५, को २३ प ८११९, को १५ प ३११० र को ३३ प ६२४६ नम्बरका चार वटा मोटरसाइकलसहित अवैध रूपमा ल्याइएको लत्ताकपडा फेला पारेको हो।

सामानसहित मोटरसाइकल छोडेर संलग्न व्यक्ति फरार भएका छन्। बरामद सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *