वीरगन्ज :

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरू

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.2kViews
1164 Shares

बीरगन्ज,०५ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचनका लागि मतदान सुरू भएको छ।

स्ववियु सभापति सहितका पदाधिकारी चयनका लागि निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी बिहान १० बजे मतदान प्रक्रिया सुरु भएको हो। निर्वाचन प्रमुख दिलीप सिंहका अनुसार आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि मतदान सुरु गरिएको छ।

ठाकुरराम क्याम्पसमा यसपटक १४ जना उम्मेदवार सभापति पदका लागि प्रतिस्पर्धामा छन्। ९ वटा मतदान केन्द्रमार्फत मतदान भइरहेको छ, जहाँ १० हजार ७२९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

१६ वर्षपछि हुन लागेको यो निर्वाचनप्रति विद्यार्थीहरूमा ठूलो उत्साह देखिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा पनि आज स्ववियु निर्वाचन भइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *