वीरगन्ज :

१६८ किलो गाँजा सहित दुई जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.5kViews
1877 Shares

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगंजबाट १६८ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअपमा फल्स बटम बनाई लुकाएर राखिएको १६ पोकामा रहेको १६८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल न. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगभ श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार बरामद गाँजालाई बलेरो पिकअपसहित चालक, सहचालकलाई नेपाल प्रहरीलाई बुझाइएको छ । उनीहरुको साथबाट ७८ हजार ५ सय नगद र २ थान मोवाइल पनि बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *