वीरगन्ज :

१३ वर्षीय बालिलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय पुरुषसँगै अर्का किशोर पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.5kViews
1929 Shares

वीरगन्ज,२८ माघ । कैलाली जिल्लामा एक जना १३ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोर (नाम सार्वजनिक नगरिएको) रहेका छन् ।
बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीय किशोरीमाथि शनिवार बेलुकी उनीहरूले जबरजस्ती करणी गरेको आरोप छ ।

मोहन्याल घर भएर बर्दगोरियामा डेरा गरी बस्ने ती किशोरी कक्षा ४ मा पढ्छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराका अनुसार विकले बालिकालाई शनिवार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए ।

पकाएको मासु पुर्‍याउन पसलमा पुगेका बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप छ । आफूलाई जबरजस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

आइतबार पीडित बालिकाकी दिदीले घटना बारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढीमा पनि गएको बिहीबार १४ वर्षीय किशोरीमाथि बलात्कार भएको थियो । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर १८ वर्षीय किशोरले बलात्कार गरेको आरोपमा उजुरी परेको छ ।

विद्यालयबाट फर्किँदा बाटो छेकेर युवकले चक्कु देखाएर डर त्रासमा पारेर घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । आरोपी अझै पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *