![](https://birgunjreport.com/wp-content/uploads/2025/01/Apaharan-2.webp)
श्रेणी : अपराध
काठमाडाेँ,१४ माघ । लमजुङको बेसीशहरमा १३ वर्षीय किशोरी अपहरण घटनामा संलग्न एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालत लमजुङले दिएको आदेशअनुसार अपहरण, शरीर बन्धक, र जबरजस्ती करणीको आरोपमा उनीहरूलाई थुनामा राखेर अनुसन्धान अघि बढाउने निर्णय गरिएको हो।
भारत मोतिहारीका स्थायी बासिन्दा र हाल लमजुङको बेसीशहर नगरपालिका–७, सहजीमा सिरक–डसना बनाउने काम गर्दै आएका ४० वर्षीय बिगु खान, उनकी श्रीमती नार्गिक खान, र १७ वर्षीय छोरा कारागार चलान भएका हुन्।
१७ वर्षीय छोरालाई बाल अधिकार ऐनअनुसार पोखरास्थित बाल सुधारगृहमा राख्ने आदेश गरिएको छ।
मङ्सिर २४ गते बेसीशहर नगरपालिका–७ की १३ वर्षीय किशोरीलाई अपहरण गरी भारततर्फ लैजाने प्रयास गरिएको थियो। नेपाल-भारत सीमाबाट ती किशोरीलाई उद्दार गरिएको हो। किशोरी बेचिनबाट बचेको घटनाको अनुसन्धानमा खुलेको छ।
लमजुङ प्रहरीको सक्रियतामा पुस १५ गते नेपाल-भारत सीमाबाट किशोरीलाई उद्दार गर्दै खान परिवारका तीनै जना सदस्यलाई पक्राउ गरिएको हो। खान परिवारले अपहरणको योजनासहित किशोरीलाई सीमापार लैजाने प्रयास गरेका थिए।
अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको र कानूनी प्रक्रिया अघि बढाइएको लमजुङ प्रहरी कार्यालयले जनाएको छ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया