वीरगन्ज :

१३ वर्षीया बालिकासँग विवाह गर्ने युवक र संलग्न आफन्त पक्राउ

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.5kViews
1157 Shares

खोटाङ, १५ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा १३ वर्षीया बालिकासँग बालविवाह गराउने घटनामा संलग्न युवक र उनकी आफन्तलाई प्रहरीले पक्राउ गरेको छ।

२८ वर्षीय रमेश राईले १३ वर्षीया बालिकालाई बाटोमा रोकेर विवाह गर्न ललाइफकाई लगेका थिए। बालिकाको आफन्त कमला राई पनि विवाहमा संलग्न भएको भन्दै पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार रमेशलाई पुस १२ र कमलालाई पुस १३ गते पक्राउ गरिएको हो ।

पक्राउ परेकामाथि मुलुकी अपराधसंहिता २०७४ अनुसार बालविवाहसम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइएको छ। जिल्ला अदालतबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कक्षा ८ मा अध्ययनरत बालिकालाई युवकको घरबाट उद्धार गरी जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ। बालिका पुस ८ गते युवकको घर पुर्‍याइएकी थिइन् र पुस ९ गते किरात संस्कार अनुसार भित्र्याइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार, बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने प्रावधान छ। साथै, २० वर्षभन्दा कम उमेरमा गरिएको विवाह स्वतः रद्द हुने कानुनी व्यवस्था छ।

घटनास्थलमा मङ्सिर १४ र १५ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरणसम्बन्धी क्षमता विकास तालिम आयोजना गरेको थियो। तालिमकै प्रभावस्वरूप यो घटनाको सूचना प्रहरीसम्म पुगेको जनाइएको छ।

प्रहरीले घटनाको गम्भीरता बुझ्दै यसलाई बालविवाह विरुद्धको सचेतना फैलाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *