वीरगन्ज :

१० बजेसम्म कर्फ्यु खुला गरेपछि, सडकमा बढ्यो चहलपहल

श्रेणी : BANNER

3 days
Pradeep Sah
1.8kViews
1852 Shares

काठमाडौं,२६ भदौ । देशभर जारी कर्फ्युलाई नेपाली सेनाले आंशिक रूपमा खुकुलो बनाएपछि आज बिहान राजधानीसहित विभिन्न स्थानमा चहलपहल बढेको छ।

नेपाली सेनाले भदौ २६ बिहान १० बजेसम्म कर्फ्यु खुला गर्ने निर्णय गरेपछि सडकमा सवारीसाधन निर्वाध चलेका छन्। पसलहरू खुलेका छन् भने अत्यावश्यक सामान किन्न वा कामकाजका लागि बाहिर निस्किनेको संख्या पनि बढेको छ।

हिजो हतियारधारी सैनिक चोकचोकमा तैनाथ देखिएका भए पनि आज बिहान सडकमा सेनाको उपस्थिति खासै देखिएको छैन।

तर, सेनाले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म पुनः कर्फ्यु लागू हुने र त्यसपछि दुई घण्टा खुकुलो गरेर बेलुकी ७ बजेदेखि २७ भदौ बिहान ६ बजेसम्म फेरि कर्फ्यु जारी रहने जानकारी दिएको छ।

भदौ १९ गते भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको जेन–जी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सुरक्षा कमाण्ड सम्हालेको सेनाले देशभर कर्फ्यु जारी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *