श्रेणी : अन्तर्राष्ट्रिय
• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २२ साउन । पर्सा प्रहरीले १० किलो प्रतिबन्धित लागु औषध चरेश सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पकाउ पर्नेमा भारतको पूर्वी चम्पारण रक्सौल वडा नम्बर १ का ३५ वर्षिय अनवर आलम र मोतिहारी पूर्वी छतौनका २२ वर्षिय ईम्तेयाज आलम रहेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ शकराचार्य गेट स्थित सडकमा नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई अवस्थामा प्रतिबन्धित लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले लागु औषध चरेश सहित निजहरुलाई औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्साका प्रहरी प्रवक्ता एवम डिएसपी दिपक भारतीले बताउनुभयो । वीरगंज टाईम्स
प्रतिक्रिया