वीरगन्ज :

०८४ मा माओवादीलाई पहिलो हुन कसैले रोक्न सक्दैनः अध्यक्ष प्रचण्ड

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.0kViews
1112 Shares

काठमाडौं,२७ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा माओवादीलाई पहिलो बन्न अब कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

अनेरास्ववियू क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले देशभर माओवादीको पक्षमा उत्साहजनक लहर आएको बताएका हुन्।

प्रचण्डले २०६४ सालको निर्वाचनको अनुभव स्मरण गर्दै भने, “त्यस समय जस्तै अहिले पनि जनतामा ठूलो आकर्षण देखिएको छ। म विहान मर्निङ वाकदेखि दिनभर जनतामाझ खट्ने गरेको छु। यो जनताको उत्साह र प्रेरणाबाट सम्भव भएको छ। म यो अभियान जीवनभर जारी राख्ने छु।”

७० वर्षको उमेर पुगेको स्मरण गर्दै प्रचण्डले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका नयाँ पुस्ताको प्रवेशले नयाँ प्रतिस्पर्धा आवश्यक भएको बताए। यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाएको र पुरानो विरासत स्थापित गर्न सफल भएको उनको भनाइ थियो।

उनले विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत समयमा विद्यार्थी संगठनको भूमिकालाई स्मरण गर्दै भने, “त्यो समय विद्यार्थी संगठनहरुले व्यक्त गरेको धारणा नै राजनीतिक दिशा निर्धारण गर्ने आधार हुन्थ्यो। यसपटक अखिल क्रान्तिकारीले यो विरासतलाई मजबुत बनाएको छ।”

कम्युनिस्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहसमा एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा एकताको महत्वलाई आत्मसात गर्नुपर्नेमा प्रचण्डले जोड दिए। उनले विद्यार्थी नेतृत्वलाई व्यक्ति र गुटवादभन्दा माथि उठेर माक्र्सवादी सिद्धान्तअनुसार अघि बढ्न आह्वान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *