वीरगन्ज :

हैजाको प्रकोप बढेसँगै चिकित्सक र कर्मचारीलाई विदा नबस्न अस्पतालको निर्देशन

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.3kViews
1510 Shares

बीरगन्ज,०८ भदाै । बीरगन्जमा हैजा (झाडापखला) को प्रकोप बढेसँगै नारायणी अस्पतालले चिकित्सक र सम्पूर्ण कर्मचारीलाई विदा नबस्न अनुरोध गरेको छ। अस्पताल प्रशासनले आइतबार जारी सूचना मार्फत विदामा रहेका चिकित्सकहरूलाई पनि तुरुन्त हाजिर हुन आग्रह गरेको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको नारायणी अस्पतालले हालको स्वास्थ्य संकटलाई गम्भीरतापूर्वक लिएर यस्तो निर्णय गरेको हो। अस्पतालले जनाएको छ, “बीरगन्जमा हैजाको प्रकोप फैलिँदै गएको हुँदा रोग नियन्त्रण र उपचार सेवामा प्रभावकारी संचालनका लागि चिकित्सक र स्वास्थ्यकर्मीहरूको उपस्थिति अत्यावश्यक छ।”

अस्पतालले सबै चिकित्सक, नर्स तथा कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा तत्काल हाजिर भएर सेवा दिन आह्वान गरेको छ। साथै, आपतकालीन सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विदा स्थगन गरिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *