वीरगन्ज :

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न लामिछानेको सयोजकत्वमा समिति गठन

श्रेणी : BANNER

2 years
birgunj report
57Views
0 Shares

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दुर्घटनामा परेको थियो । हेलिकप्टर लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए। उनीहरु सबैको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन्। त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *