वीरगन्ज :

हेरेर बस्ने हो भने हाम्रो काम छैन : उपप्रधानमन्त्री श्रेष्ठ

श्रेणी : समाचार

3 years
birgunj report
93Views
0 Shares

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्था सुधार कार्ययोजना बनाएर नयाँ ढंगबाट सेवा दिने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार एकान्तकुना र ठूलोभर्याङको यातायात कार्यालयको अनुगमनपछि मन्त्री श्रेष्ठले चाँडो भन्दा चाँडो यातायात व्यवस्था सुधारका कार्ययोजना ल्याइने बताएका हुन् ।

उनले भने,‘कमजोरीलाई सच्याएर सहज सेवा दिन हस्तक्षेपकारी कार्यान्वयन गर्न खोजेका छौं। यो प्रदेश सरकार मातहत छ। हामी समन्वय गरेर यहाँ आएका हौं।’

उनले सबै कमीकमजोरीलाई सच्याएर नयाँ ढंगले सेवा दिने गरी काम गर्ने पक्षमा रहेको बताए । उनले नयाँ कार्ययोजनाले धेरैजसो समस्या डिजिटलाइजेशनको प्रक्रियाबाट समाधान गरिने बताए । उनले भने, ‘हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *