वीरगन्ज :

हेटौंडामा लागुऔषधसहित बीरगन्जका दुई युवक पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.9kViews
1670 Shares

हेटौंडा,०२ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टबाट प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। सवारी साधन जाँचका क्रममा उनीहरूलाई शंका लागेर प्रहरीले रोकेर खानतलासी गरेको थियो।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार उनीहरूलाई जाँच गर्दा लागुऔषध फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर छन्।

प्रहरीका अनुसार करण रायले बोकेको झोलाभित्र लुकाएर ल्याइएको भीभो मोबाइल चार्जरको भित्रबाट १८ ग्राम १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको हो।

हाल दुवैजनालाई नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसुरअन्तर्गत मुद्धा दर्ता गरिएको छ। अनुसन्धानका लागि ५ दिनको म्याद लिई थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *