
श्रेणी : अपराध
हेटौंडा,२६ जेठ । मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित सानोपोखरा चोकबाट शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई सोमबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बागमती गाउँपालिका–१ घर भई हाल हेटौंडा–५ मा बसोबास गर्दै आएका २४ वर्षीय आशिष अधिकारी र हेटौंडा–२ निवासी २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन्।
प्रहरी चौकी चौकीटोलबाट खटिएको टोलीले नियमित गस्तीको क्रममा सानोपोखरास्थित सडक छेउमा बसिरहेका उनीहरूलाई जाँच गर्दा शरीर खानतलासीमा ट्रामाडोलका १६० ट्याब्लेट फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, उनीहरूलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले लागूपदार्थसहितको कारोबारमा संलग्न हुनेहरूलाई नियन्त्रणमा लिन अभियान तीव्र पारेको जनाएको छ।


प्रतिक्रिया