
श्रेणी : अपराध
2.3kViews
1766
Shares
हेटौँडा, २७ माघ । पछिल्लो डेढ महिनामा हेटौँडामा एक सयभन्दा बढी खानेपानीका मिटर चोरी भएका छन् । घरको कम्पाउन्डभित्र जडान गरिएका खानेपानीका मिटर मुख्यतः उपमहानगरपालिका-२, ४ र ५ नम्बर वडामा चोरी हुने गरेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार मिटर चोरी गत पुसदेखि सुरु भएको हो । उपभोक्ताहरूले जडान गरेका व्रासवडी मिटरभित्र करिब आधा केजी पितल हुने हुँदा मिटर चोरीको मुख्य कारण पितल बिक्री हुन सक्ने अनुमान गरिएको छ ।
बजारमा पितलको मूल्य करिब आठ सय रुपैयाँ प्रतिकिलो रहेको हुँदा मिटर चोरीको घटना बढेको आशंका गरिएको छ। हाल दैनिक एकदेखि तीनवटा मिटर चोरी हुने गरेको सापकोटाले बताए ।

प्रतिक्रिया