वीरगन्ज :

हुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

श्रेणी : समाचार

3 years
birgunj report
65Views
0 Shares

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय ध्रुवकुमार शाहीकाअनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् ।

घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन लाग्ने प्रहरीले जनाएको छ । घाइते तीन जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *