वीरगन्ज :

हिरासतमा लिइएका नाइजरका राष्ट्रपतिसँग चिकित्सक टोलीद्वारा भेट

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
birgunj report
122Views
0 Shares

गत महिना आफ्ना सुरक्षाकर्मीले पदच्युत गरेपछि हिरासतमा लिइएका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई उनका निजी चिकित्सकको टोलीले भेटेको छ । राष्ट्रपतिका चिकित्सकसहित अन्य टोलीले राष्ट्रपतिलाई हिरासतमा पुगी भेटेका र उनको सामान्य स्वास्थ्य परीक्षण गरिएको हो ।

जुलाई २६ मा सेनाले सत्ता कब्जा गरी बन्धक बनाएपछि लोकतान्त्रिक विधिबाट निर्वाचित बाजोम, उनकी श्रीमती र २० वर्षीय छोराको स्वास्थ्य र हिरासतको अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ ।

युरोपेली सङ्घ र अफ्रिकी सङ्घले पनि बाजुमको पक्षमा आवाज उठाएका छन् । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले बाजुमलाई हिरासतमा राखिएको घटना अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको उल्लङ्घन गर्दै अमानवीय र अपमानजनक व्यवहार हुन सक्ने बताएका छन् ।

अमेरिकाका उच्च कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले सेनाले बाजुमको परिवारलाई रिहा गर्न अस्वीकार गरेको भन्दै उक्त घटनाप्रति खेद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *