वीरगन्ज :

हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेश सिंहको चुनौती

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
3.0kViews
1294 Shares

काठमाडौं, २८ माघ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन च्यालेञ्ज गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काएर देखाउन बालेनलाई चूनौति दिएका हुन् ।

उनले काठमाडौंका मेयरले नाजीवादको शैली अपनाएको भन्दै त्यो शैली अब नचल्ने चेतावनी दिएका हुन् । कालिमाटीमा कवाड व्यवसायीहरु र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेको आक्रोश पोख्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले संघीय सरकारलाई आग्रह गर्दै हरेक नेपालीको सुरक्षा गर्न आग्रह गरे । उनले अहिले देशको अवस्था लथालुंग र भताभुंग भएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *