वीरगन्ज :

हालसम्मकै उच्च मासिक १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

श्रेणी : BANNER

3 months
Pradeep Sah
1.6kViews
1902 Shares

काठमाडौं,२७ जेठ । नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाहले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च मासिक आप्रवाह हो ।

यसअघि २०८१ सालको फागुन महिनामा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । तर त्यो कीर्तिमान वैशाखमा तोडिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भने यो वृद्धिदर १६.९ प्रतिशत थियो ।

अमेरिकी डलरमा हेर्दा, रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड डलर पुगेको छ । गत वर्ष सोही अवधिमा यो वृद्धिदर १४.८ प्रतिशत थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालको अर्थतन्त्रका लागि मुख्य स्रोत बन्न पुगेको छ, र पछिल्लो समय रेमिट्यान्स प्रवाहमा आएको वृद्धिले देशको वैदेशिक मुद्रा सञ्चिति सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *