वीरगन्ज :

हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैनः झलनाथ खनाल

श्रेणी : राजनीति

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन् । ।

बुधबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए ।

उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए । उनले बैठकमा राष्ट्रपतिको प्रस्ताव आएको रिपोर्टिङ नभएको बताए ।

उनले भने, ‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनु भयो । तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला मात्रै रहेछ ।’

त्यस्तै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले राष्ट्रपतिका लागि कुनैपनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *