वीरगन्ज :

हामी ‘डेमोग्राफिक चेन्ज’मार्फत माइनोरिटीमा जान चाहन्नौंः अध्यक्ष ओली

श्रेणी : BANNER

3 years
birgunj report
26Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधबार गैरआवासीय नेपाली संघको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नबोल्ने संस्थाको बारेमा बोलेर सरकारले अलोकतान्त्रिक व्यवहार देखाएको बताएका हुन् ।

गृहमन्त्री खाँणले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको आलोचना गरेका थिए । अध्यक्ष ओलीले भने, ’यही कार्यक्रममा गृहमन्त्रीले राष्ट्रपतिको बारेमा दिएको अभिव्यक्तिप्रत आपत्ति छ। बोल्दै नबोल्ने संस्थाको बारेमा यति लज्जाजनक कुरा बोल्नु हुँदैनथ्यो। यो सोभनीय कुरा पनि होइन । अलिकति डेमोक्रेटिक कल्चर हुन्थ्यो भने प्रधानमन्त्रीले राजीनामा मागिसक्नुहुन्थ्यो।’

अध्यक्ष ओलीले नागरिकता विधेयककाबारेमा आफूहरुसँग बहस गर्न आग्रह गरे। उनले भने,’कोही डिबेट गर्न चाहन्छन् भने हामी छौं। आउनुस्, फोरम तयार गरेर डिबेट गरौं।’ उनले विदेशीलाई नागरिकता दिएर नेपालीलाई देशभित्रै अल्पसंख्यक बनाउने प्रयास एमालेले सफल हुन नदिने बताए ।

अध्यक्ष ओलीले अहिले विदेशीलाई नागरिकता दिन पाइएन भनेर सत्ता गठबन्धनका मान्छेहरुले एकस्वरमा एमालेको विरोध गरिरहेको बताए । उनले भने,‘आज कतिपय ठाउँहरुमा भोट माग्ने बेला सीमापारीका गाउँमा जानुपर्ने अवस्था छ । किनकी मतदाता उतातिर छन् । हामी डेमोग्राफिक चेन्जमार्फत माइनोरिटीमा जान चाहान्नौं । नेपाल नेपालीले चलाउँछन्,वास्तविक नेपालीलाई नागरिकताबाट बञ्चित गर्न सक्दैनौं ।’

उनले नागरिकतामा लचिलो बन्ने नाममा हौसिएर अलिकति भोट बढाउनका लागि देशभित्रै माइनोरिटीमा जान एमाले नसक्ने बताए । अध्यक्ष ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधन हुने बताए । उनले गैरआवासीय प्रमाणपत्र र नेपालमा लगानी गर्ने वातावरण मिलाउन आफू अग्रसर भएर लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *