वीरगन्ज :

हामीले सरकार छाड्नुपर्ने कुनै कारण छैनः सीके राउत

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । जनमत पार्टी सरकारमै रहने भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष डा. सीके राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका हुन् ।

उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए । उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए ।

उनले भने,‘अरु पार्टीहरु माग पूरा भएनन् भनेर बाहिरिए । कसैलाई राष्ट्रपति, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएका हुन् । तर हामीलाई सरकारबाट बाहिरिने कुनै परिस्थिति बनेको छैन ।’

उनले जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले रामचन्द्र पौडेललाई समर्थन गरेको बताए । आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरुलाई उदारतापूर्वक प्रमाणिकरण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *