श्रेणी : राजनीति
7Views
0
Shares
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुलाई सरकारमा जान हतारो नभएको बताएकी छन् ।
शनिबार सामाजिक संजालमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाई भएको बताएकी हुन् । उनले आफूहरुका माग पूरा नहुन्जेल केन्द्र र प्रदेश सरकारमा सहभागी नहुने बताइन् ।
उनले भनेकी छन्, नागरिक उन्मुक्ति पार्टीको प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाई हो ! हामी अनी हाम्रो माननीयज्यूहरुलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन । जबसम्म हाम्रो निर्दोष राजबन्दीहरु निःसर्त रिहाई हुँदैनन् नागरिक उन्मुक्ति पार्टी न संघ मा न प्रदेशमा कही कतै सरकारमा सामेल हुँदैनन् ! जय नागरिक ।’
प्रतिक्रिया