श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै घेराबन्दी गरेपनि एमाले देशको लोकप्रिय पार्टी बनेको बताएका छन् ।
मंगलबार काठमाडौंमा ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध जति अफबाह फैलाइएपनि एमाले लोकप्रिय पार्टी बनेको बताएका हुन् ।
उनले सिट संख्याभन्दा पनि घेराबन्दी, षड्यन्त्र र धाँधलीका बीचमा सबैलाई पराजित गरेर एमाले देशको लोकप्रिय मतसहित पहिलो पार्टी बनेको उल्लेख गरे । नेकपा एमालेको आवाज र गति विश्वभरीले सुन्न सक्ने बताए ।
उनले भने, ‘एमालेको गतिविधि र चाल जसले जहाँबाट पनि सुन्न सक्छ। नेपालबाट मात्रै होइन, अन्यत्रबाट पनि । हामीलाई कसैले टर्च बालेर खोज्नु पर्दैन।’ उनले एमालेलाई हराउन राज्य सत्ताको चरम दुरुपयोग भएको बताए।
उनले भने,’राज्यसत्ताको चरम दुरुपयोग भएको छ। यसपटक जनताको मताधिकार खोसिएको छ। दुईजना सचेत नागरिकको हत्या भएको छ । केही ठाउँमा ९९ प्रतिशतसम्म मतदान भएको छ । नेपालजस्तो देशमा ९९ प्रतिशत भोट हाल्नु, मरेका मान्छेले भोट हाल्नु जस्ता कुराहरु वास्तवमै दुःखद छ । हामीले अलोकतान्त्रिक र अवान्छित क्रियाकलाप रोक्न सक्नु पर्छ ।’
प्रतिक्रिया