श्रेणी : मधेस
जनकपुरधाम, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई मधेशमा कांग्रेस र नेकपा एमालेप्रति आरोप लगाउने अधिकार नभएको स्पष्ट पारेका छन्। राउतले कांग्रेस र एमालेप्रति आठ बुँदे गम्भीर आरोप लगाएको प्रतिकृया स्वरुप यादवले यस्तो बताएका हुन्।
मधेश प्रदेश सभाको चौथो अधिवेशनको प्रारम्भिक बैठकमा शुभकामना मन्तव्य राख्दै कांग्रेस संसदीय दलका नेता यादवले राउतलाई आरोप पुष्टि गर्न चुनौती दिइरहे। उनले राउतलाई बौद्धिक रूपमा अगाडि भए पनि व्यवहारिक रूपमा कमजोर भनेका छन्।
‘डा. सिके राउतले कांग्रेस र एमालेप्रति के आधारमा आरोप लगाउँदै मुख्यमन्त्रीलाई घेराबन्दी गरेर भ्रष्टाचार गरेको भन्नुभएको हो?’ यादवले भने, ‘आउनुस् डिबेट गरौं, आफैं गर्न नसकेपछि अरूलाई दोष लगाउनु हुँदैन। तपाईंको नेतृत्वमा सरकार छ। कांग्रेस र एमालेमाथि आरोप लगाउने अधिकार तपाईंलाई छैन।’
यादवले सरकारको विकास कार्यको कमी र मुख्यमन्त्रीको प्रशासनिक काममा वृद्धि भएको उल्लेख गर्दै जनतामा आश्वासन बाँड्ने र सत्तामा आएपछि काम अघि नबढाउनुलाई आलोचना गरे ।
प्रतिक्रिया