वीरगन्ज :

हसिनालाई भारतबाट फिर्ता ल्याउने बङ्गलादेशको तयारी

श्रेणी : अन्तर्राष्ट्रिय

13 hours
Pradeep Sah
2.3kViews
1868 Shares

काठमाडौं, १० पुस । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने तयारी गरेको छ । सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको भन्दै हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको बताएका हुन् ।

बङ्गलादेशले भारतलाई कूटनीतिक नोट पठाएर अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ । बीबीसीका अनुसार बङ्गलादेशको विदेश मन्त्रालयले हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको छ ।

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना गएको अगस्ट ५ देखि भारतमा छिन् । भारतको विदेश मन्त्रालयले बङ्गलादेशको उच्च आयोगबाट हसिनालाई सुपुर्दगी गर्न अनुरोध प्राप्त भएको पुष्टि गर्दै प्रक्रिया थाल्ने कुरामा भारत सकारात्मक भएको सङ्केत गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *