
श्रेणी : BANNER
171Views
0
Shares
काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
कार्कीको शपथ ग्रहण आजै अपरान्ह ५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनलाई आजै बिहान मात्र संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।


प्रतिक्रिया