वीरगन्ज :

हनुमान जन्मोत्सवमा बीरगन्जमा भव्य शोभायात्रा, हजारौँको सहभागिता

श्रेणी : धर्म संस्कृति

9 hours
Pradeep Sah
3.0kViews
1168 Shares

बीरगन्ज,२१ चैत । हनुमान जन्मोत्सवको अवसरमा बीरगन्जमा भव्य शोभायात्रा सम्पन्न भएको छ।

विश्व हिन्दू परिषद् नेपाल बीरगन्जको आयोजनामा निकालिएको शोभायात्रा दिउँसो २ बजे घण्टाघरबाट सुरु भएको थियो। यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल हुँदै गहवा पुगेर पुनः घण्टाघरमै समापन गरिएको हो।

कार्यक्रममा बीरगन्ज महानगरपालिकाका विभिन्न वडाबाट आएका बाजागाजा, झाँकी तथा सांस्कृतिक टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यात्रालाई व्यवस्थित बनाउन करिब २ हजार स्वयंसेवक परिचालन गरिएको थियो।

सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विशेष उपस्थिति रहेको थियो।

गर्मीलाई ध्यानमा राख्दै विभिन्न स्थानमा पानी, जुस, सरबत र बिस्कुट वितरणको व्यवस्था पनि गरिएको थियो। समग्रमा शोभायात्रा शान्तिपूर्ण, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *