वीरगन्ज :

‘हत्या अभियोग लागेका सांसदको मतदान प्रक्रिया रोकर मात्र सभा सञ्चालन गरियोस्’

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले हत्या अभियोग लागेका एमालेका सांसद लक्ष्मी कोइरी महतो बैठकमा सहभागी भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । बिहीबारको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद कोइरी संसद बैठकमा सहभागी भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

खतिवडाले भने,‘हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकर मात्र सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

ज्यान मुद्दामा फरार सूचीमा रहेका सांसद महतो बैठकमा सहभागी भएका छन् । महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ। उनी अझै फरार अभियुक्तको सूचीमा छन्। महतो निर्वाचनको मुखमा एमाले प्रवेश गरी महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *