वीरगन्ज :

स्वास्थ्य बीमा भएका बिरामीको पहिलो उपचार अब सरकारी अस्पतालमै गर्नुपर्ने

श्रेणी : प्रदेश

8 hours
Pradeep Sah
2.6kViews
1657 Shares

बिराटनगर,१६ असार । अबदेखि स्वास्थ्य बीमा भएका बिरामीले पहिलो उपचार (प्रथम सेवा विन्दु) पाउन सरकारी स्वास्थ्य संस्थामा नै जानुपर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डले जारी गरेको सूचनामा उल्लेख अनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधन र नियमावली, २०७५ को पहिलो संशोधनका आधारमा अब ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्र हुने व्यवस्था गरिएको हो।

यो नयाँ व्यवस्था २०८२ साल साउन १ गतेदेखि लागू हुनेछ। यसपछि सामुदायिक र निजी अस्पतालहरूबाट स्वास्थ्य बीमा अन्तर्गत पहिलो चरणको उपचार सेवा लिन पाइने छैन।

यसअघि कतिपय निजी र सामुदायिक अस्पतालहरूलाई पनि ‘प्रथम सेवा विन्दु’का रूपमा अनुमति दिइएको थियो। अब भने बीमा भएका बिरामीले स्वास्थ्य बीमा सुविधामा पहुँच राख्न पहिलो चरणको उपचार सरकारी स्वास्थ्य संस्थाबाटै गराउनुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *