श्रेणी : BANNER
वीरगंज (पर्सा), १४ चैत । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ धरमपुर टोलामा निर्माण हुने स्वास्थ्य चौकी भवन र नाला निर्माणकाे बुधबार शिलान्यास गरिएको छ । एक कार्यक्रमकाे बिच पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य रमेश रिजालले स्वास्थ्य चौकी भवन र नाला निर्माण कार्यको एक साथ शिलान्यास गरेका हुन् ।
धरमपुरमा ४५ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गर्न थालिएकाे गाउँपालिकाले जनाएकाे छ । मधेस प्रदेश सरकारको २५ लाख र जगरनाथपुर गाउँपालिकाको २० लाख गरी कूल ४५ लाख रुपैयाको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको गाँउपालिका अध्यक्ष श्रीकान्त यादवले बताए ।
यस्तै प्रदेश सरकारले दिएको ५० लाख र गाँउपाििलकाको ९ लाख गरी कूल ५९ लाख रुपैयाँको लागतमा ३ सय १५ मिटर लम्बाईको पक्की नालाको निर्माणपनि गर्न लागिएको अध्यक्ष यादवले जानकारी दिए । स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिहारी महतो नुनिया, कांग्रेस नेता प्रेम थापा, शिक्षाप्रैमी लालदेव यादव लगायतको पनि उपस्थिती रहेको नेवि संघका नेता मन्जय गिरिले जानकारी दिए ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया