वीरगन्ज :

स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र एउटा प्रिन्टर चोरी

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
1.7kViews
1176 Shares

काठमाडौं, १७ पुस । कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ ।

उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्प्युटर र प्रिन्टर गरी करिब एक लाख २५ हजार रुपैयाँ बराबरका सामान सोमबार राति चोरी भएका हुन् ।

स्वास्थ्य चौकीकै कम्प्युटर र प्रिन्टर चोरीको उजुरी अहिले प्रहरी वृत्त कीर्तिपुरमा परेका छन् । स्वास्थ्य चौकीबाट सामान चोरी भएको भन्दै उजुरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *