
श्रेणी : मधेस
बीरगन्ज,२३ असार । नेपाल पत्रकार महासङ्घ, जिल्ला समिति पर्साले स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि गरेको दुर्व्यवहारको घटनालाई आपत्तिजनक बताउँदै तत्काल कानुनी कारबाहीको माग गरेको छ।
महासंघका अनुसार, असार २२ गते, पर्सा स्वास्थ्य कार्यालय परिसरमा सञ्चालित तालिममा रिपोर्टिङका लागि पुगेका पत्रकारहरू, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, सन्तोषकुमार कुशवाहा, अर्जुन चौधरी, र आनन्दकुमार पटेलमाथि स्वास्थ्य अधिकृत ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेका थिए।
जिल्ला समितिका सचिव विजयकुमार महतोका अनुसार पत्रकारमाथिको दुर्व्यवहारबारे स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिइएको छ। तर, उनले प्रहरी प्रशासनले कारबाहीमा ढिलाइ गर्दा पत्रकार समुदायमा गम्भीर असन्तोष र प्रशासनप्रति अविश्वास बढिरहेको जनाए।


प्रतिक्रिया