वीरगन्ज :

स्वास्थ्यकर्मी र कर्मचारीहरूले तालाबन्दी गर्दा सिम्रौनगढ नगर अस्पताल एक महिनादेखि बन्द

स्वास्थ्यकर्मी र कर्मचारीहरूले तालाबन्दी गर्दा सिम्रौनगढ नगर अस्पताल एक महिनादेखि बन्द

श्रेणी : BANNER

1 year
Pradeep Sah
124Views
0 Shares

सिम्रौनगढ (बारा), १७ भदौ । बाराको सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढ स्थित नगर अस्पताल एक महिनादेखि बन्द रहेको छ । तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूले गरेको तालाबन्दीका कारण गत असार ३१ गतेदेखि अस्पतालको सेवा ठप्प हुदै आएको हो । तर, अस्पताल सेवा बन्द भएको एक महिना पुरा हुंदा पनि संचालन गर्ने तर्फ सरोकारवाला निकायहरुले ध्यान नदिदा सेवाग्रहीहरु मार्कामा परेका छन ।

कर्मचारीले आन्दोलन जारी राख्दा अस्पताल एक महिनादेखि बन्द अवस्थामा छ । सेवा नै ठप्प पार्दै स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित बनेपछि सेवाग्राहीहरु मारमा परेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ४ देखि १५ महिनासम्मको तलब भत्ता नपाएको नगर अस्पतालका कर्मचारी अयुब मिया अंसारी बताउछन् । यता नगरपालिकाले एक सुचना जारी गर्दै करार सेवामा रहेका नगरका सम्पुर्ण कर्मचारीहरुको करार सेवा नविकरण नगर्ने भनेपछि थप अन्योल्ता देखिएको छ ।

नगरपालिकाको कार्यपालिकाका बहुमत सदस्य र नगरप्रमुख किशोरीप्रसाद साह कलवारबीचको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनको लागि पहल नभएको बताइएको छ । नगरमा जसपातर्फका प्रमुख, उपप्रमुख र नेपाली काँग्रेसतर्फका बहुमत सदस्य भएकाले आपसी द्वन्द्वका कारण सो समस्या भएको देखिन्छ । अस्पतालमा उत्पन्न समस्या समाधानका लागि भनेर यो अवधिमा कार्यपालिकाको बैठक ३ पटक बोलाइएको भएपनि बैठक नै बस्न सकेन । यसरी आन्तरिक द्धन्द्धले अस्पताल सेवा प्रभावित छ ।

कर्मचारीहरु तलबको माग गरिरहेका त छन् तर नगरपालिका भने अस्पताल प्रशासनकै कारण कर्मचारी र सेवाग्राहीले दुःख पाएको बताउँछ । अस्पताल सञ्चालनका लागि हालसम्म नगरप्रमुख कलवारले ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब अस्पतालका कर्मचारीले नदिएकाले समस्या उत्पन्न भएको नगरको भनाई छ । २०७८ जेठ २१ गतेबाट सेवा सुरु गरेको १५ शैयाको अस्पतालबाट सिम्रौनगढ र आसपासका सर्वसाधरणलाई सेवा दिइरहेको थियो । तर पालिकामा राजनितिक दन्द्वको कारण नगरपालिका र नगर अस्पतालमा तोडफोड हुदा लाखौको सम्पतिको नोक्सानि भएको थियो ।

नगरअस्पताल बन्द हुदा आफुहरु छिमेकी देश भारतको बिहार क्षेत्रमा महङ्गोमा उपचार गराउन जानु पर्ने अवस्था आएको स्थानीयको गुनासो छ । छिमेकी देश भारत सँग जोडिएको पालिकाको नगर अस्पतालमा दैनिक करिब सय भन्दा बढीले उपचार सेवा लिने गरेका छन । तर कर्मचारी व्यवस्थापन गर्न नसकेर अस्पताल नै बन्द गर्दा त्यसको सिधा असर ग्रामिण क्षेत्रका जनतामाथि परेको छ । तराई क्षेत्रका प्राय पालिकाहरुमा देखिएको जस्तै यस नगरपालिकमा पनि राजनीतिक द्धन्द्ध, आपसी स्वार्थ अझ भनौ कार्यकर्ता भर्तीको थलो बन्दा जनतालाई सधैं दुःख व्यहोर्नु पर्ने अवस्था छ । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *