वीरगन्ज :

स्वामी विवेकानन्द संस्कृतिक ज्ञान परिक्षा वीरगंजमा सम्पन्न, २३ सय विद्यार्थी भए सहभागि

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.1kViews
1116 Shares

वीरगंज । हिन्दु स्वयंसेवक संघकाे आयोजनामा स्वामी बिवेकानन्द सांस्कृतिक ज्ञान परिक्षा मंगलबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजकाे आदर्शनगरस्थित पुरानाे बसपार्कमा भएकाे परिक्षामा माइस्थान बिधापिठ माद्यमिक विद्यालयकाे कक्षा १० का विद्यार्थी सचिन प्रसाद पटेल प्रथम, साउथ जाेन माद्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थी सराेज पटेल दाेस्राे र नेशनल इन्फाेटेक कलेजका कक्षा ११ का विद्यार्थी जस्मन पाैडेल तेस्राे भएका हुन् ।

परिक्षामा प्रथम, दाेस्राे र तेस्राे भएकालाई क्रमश रु २२ हजार, रु १६ हजार ५ सय र रु १२ हजार ५ सय नगदसहित प्रमाण पत्रले पुस्कृति गरिएकाे थियाे । परिक्षामा ५८ वटा निजी तथा सामुदायिक विद्यालयका २३ सय छात्र/छात्राहरु भाग लिएका थिए । जस मध्ये टप ५० मा परेकाहरुलाई पनि रु एक हजार एक सयका दरले पुरस्कृत गरिएका थिए ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा कार्यक्रमका संयोजक मुनिलाल कर्णको अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन मधेश प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री कुर्मीले अहिले हिन्दु धर्म परिवर्तन गराउने संख्या बढिरहेको र हिन्दु धर्म प्रति आक्रमण भइरहेकोले आफ्नाे धर्म संस्कृति जोगाउन सबैले आ-आफ्नो ठाउँबाट लाग्न आग्रह गरे । उनले हाम्रो धर्म संस्कृतिक परम्परा कालदेखि रहदै आइरहेकोले यसको संरक्षण गर्न युवा पुस्ता लाग्न सुझाव समेत दिए ।

कार्यक्रममा हिन्दु स्वयंसेवक संघका विभाग संघका संचालक ललन द्विवेदी, जिल्ला संघ संचालक माधवराजपाल, सहसंयोजक जियालाल गुप्ता, सम्भाग कार्यवाह रन्जित साह लगायतकाे सहभागीता रहेको थियो ।

अहिले विद्यालय स्तरमै हिन्दु धर्म संस्कृतिकको बारेमा विद्यार्थीहरुलाई जनचेतनामूलक कार्यक्रम मार्फत अगाडि बढाउने काम भइरहेको संघका जिल्ला कार्यवाहक कृष्ण चाैरसियाले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *