वीरगन्ज :

स्ववियु निर्वाचन आज उम्मेदवारी दर्ता हुँदै

श्रेणी : प्रदेश

8 months
Pradeep Sah
2.0kViews
1743 Shares

काठमाडौं,२७ फागुन । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरू हुँदैछ।

प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीका उम्मेदवारहरूका लागि मनोनयन दर्ता समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। नामावली पनि आजै सार्वजनिक गरिनेछ।

उम्मेदवारविरुद्ध दाबी–विरोध पेश गर्ने समय फागुन २८ गतेका लागि छुट्याइएको छ, जसको छानबिन गरी सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ।

फागुन २९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्, जसपछि अन्तिम सूची सार्वजनिक हुनेछ।

चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *