वीरगन्ज :

स्ववियु निर्वाचनमा धाँधलीको छानबिन माग गर्दै विद्यार्थी संगठनद्वारा प्रजिअलाई ज्ञापनपत्र

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.6kViews
1211 Shares

बीरगन्ज,२४ वैशाख । ठाकुरराम बहुमुखी क्याम्पसमा गत चैत ५ गते सम्पन्न स्ववियु (स्वतन्त्र विद्यार्थी यूनियन) निर्वाचनमा भएको भनिएको धाँधली, फर्जी उम्मेदवारी तथा फर्जी मतदानबारे छानबिन गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनमार्फत संगठनले निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता भएको दाबी गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेका छन्। उनीहरूले यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूद्वारा सार्वजनिक रूपमा निर्वाचनप्रति असन्तुष्टि व्यक्त भइसकेको स्मरण गराउँदै अब प्रशासनले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्।

संगठनका अनुसार, यस विषयमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको जनाइएको भए पनि अहिलेसम्म समितिको कामको अवस्था, प्रारम्भिक निष्कर्ष वा सुझाव सार्वजनिक नगरिनु चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

छानबिन प्रक्रियामा पारदर्शिता आवश्यक भएको उल्लेख गर्दै, विद्यार्थी संगठनले समितिको प्रतिवेदन अथवा अनुसन्धानको प्रगतिको विवरण यथाशिघ्र सार्वजनिक गर्न माग गरेका छन्। साथै, लोकतान्त्रिक प्रक्रियामा देखिएको यस्तो गम्भीर लापरवाहीप्रति प्रशासन जवाफदेही बन्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *