२०८२ श्रावन १०, शुक्रबार

वीरगन्ज :
१५:४२:३९

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता, २ करोड ४० लाखको अपचलन आरोप

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.9kViews
1012 Shares

काठमाडौं,३१ वैशाख । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसरको अनुसन्धान प्रतिवेदनका आधारमा उक्त मुद्दा दर्ता गरेको हो।

राईमाथि २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलनको आरोप लागिएको छ। सहकारीको रकम अपचलन गरेको भन्दै राईसँग यति ठूलो बिगो माग गरिएको हो।

अनुसन्धान अनुसार, राई सन् २०७३ कात्तिक ६ देखि २०७४ मंसिर ४ गतेसम्म सहकारीको सदस्य रहँदा ८९ लाख ३४ हजार ४५५ रुपैयाँ अपचलन भएको छ। त्यसपछि उनी २०७४ मंसिर ८ देखि २०७६ भदौ २१ गतेसम्म सहकारीको सचिव पदमा रहेकी थिइन्। सो समयमा १ करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ कार्यसमितिको नाममा अपचलन भएको विवरणमा उल्लेख छ।

भोजपुरकी समानुपातिक सांसद राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

यसअघि, यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडियामा उनका साझेदार गीतेन्द्रबाबु राई (जीबी राई) लगायतका व्यक्तिहरूविरुद्ध पनि मुद्दा दर्ता भइसकेको छ। लामिछानेले अदालतको आदेशमा ६० लाख रुपैयाँ धरौटी बुझाएर पुर्पक्ष सामना गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *