बीरगन्ज, ६ चैत्र । खानेपानी मन्त्री प्रदिप यादले लमजुङको बेसीशहरमा सह–लगानी खानेपानी तथा सरसफाइ आयोजना उद्घाटन गरेका छन् । सरकार, उपभोक्ता समिति तथा स्थानीय तहको सहकार्यमा सम्पन्न यस आयोजनाले बेसीशहर नगरवासीहरूलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
उद्घाटन समारोहमा बोल्दै, मन्त्री यादले सुलभ, सुरक्षित र दीगो खानेपानी सेवा सुनिश्चित गर्न सरकार दृढ रहेको बताए । “यो आयोजना खानेपानी सेवा सुधारका दृष्टिले ऐतिहासिक कोशेढुंगा सावित हुने विश्वास लिएको छु,” उनले भने ।
अबको प्राथमिकता गुणस्तरीय व्यवस्थापन, उच्चस्तरीय सेवा र सर्वसुलभ दरमा स्वच्छ पानीको पहुँच सुनिश्चित गर्नु रहेको बताए । आम उपभोक्ताहरूलाई सहभागिता र सहकार्यका लागि आग्रह समेत गरे ।
उनले नेपाल सरकार सुरक्षित खानेपानी उपलब्ध गराउने संकल्पका साथ अघि बढिरहेको बताउँदै, आगामी दिनमा यस्ता प्रभावकारी योजनाहरू कार्यान्वयन गर्न निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया