वीरगन्ज :

स्रोत नखुलेको ४३ लाख नगदसहित एक युवक पक्राउ

श्रेणी : BANNER

5 hours
Pradeep Sah
2.5kViews
1574 Shares

कपिलवस्तु,१५ वैशाख । स्रोत खुल्न नसकेको झन्डै ४३ लाख रुपैयाँसहित एक युवक कपिलवस्तुमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, पक्राउ पर्ने व्यक्ति शिवा पटवा नामले चिनिने आशिष कुमार हुन्, जो शिवराज नगरपालिका–५ स्थित ग्यालेक्सी टोलमा डेरा लिएर बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोलीले आइतबार गुप्त सूचनाका आधारमा आशिष कुमारको कोठामा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो। छापाको क्रममा ४२ लाख ६३ हजार ९०० नेपाली रुपैयाँ र २६ हजार ५४४ भारतीय रुपैयाँ बरामद गरिएको छ। कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

त्यसैगरी, उनको कोठाबाट एक थान पैसा गन्ने मेसिन समेत बरामद भएको छ, जसले शंका झनै थपेको छ।

प्रहरीले उक्त रकमको स्रोत खुल्न नसकेको भन्दै अहिले कुमारमाथि थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी माधव विश्वकर्माले घटनाबारे जानकारी दिँदै, रकमको स्रोत पत्ता लगाउने प्रयास भइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *