श्रेणी : अन्तर्राष्ट्रिय
      1.8kViews
      
      
      1596
      Shares
      
      
बारा,२७ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चोकबाट प्रहरीले स्रोत नखुलेको रकमसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका ५० वर्षीय उजिर मियासहित अन्य दुई जना रहेका छन्।
शनिबार (माघ २६) साँझ चितवनको नारायणगढबाट पर्साको बीरगन्जतर्फ जाँदै गरेको ना५ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट १० लाख १७ हजार ५०० नेपाली रुपैयाँ र १ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया