वीरगन्ज :

स्रोत नखुलेको भारतिय रुपैयासहित ४ जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.1kViews
1222 Shares
वीरगंज । स्राेत नखुलेकाे भारतिय रुपैयासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरका हेटौडा उपमहानगरपालिकाकाे वडा नं. १५ स्थितबाट ३ भारतियसहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
भारत विहार राज्य सितामढी थाना भुभैरवो वडा नं. ९ निवासी ३० बर्षिय राकेश कुमार राय, साेही ठाउँ निवासी नै ३० बर्षिय चान्द बाबु, ३७ बर्षिय अशोक राय र जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. ४ निवासी ३२ बर्षिय निजाम मिँयालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
रातोमाटे चेक प्वाईन्ट स्थित शनिबार राति ११:५५ बजेको समयमा पुर्व-पश्चिम सडक खण्डमा बिरगंज तर्फबाट हेटौडा तर्फ आउँदै गरेकाे बिआर ०१ एआर २९९१ नम्बरकाे कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारमा सवार चारै जनाकाे साथबाट लुकाई छिपाई गरी राखेको अवस्थामा पाँच लाख उनन्पचास हजार भारतिय रुपैया र दुई लाख पचास हजार नेपाली रुपैया फेला परेकाे प्रहरीले जनाएकाे छ ।
उक्त स्राेत नखुलेकाे रुपैया र कारसहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति मार्फत जनाएकाे छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *