श्रेणी : BANNER
48Views
0
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई आयोगले वैधता दिएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ ने
कपा एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदानको माग गरेको थियो । स्याङ्जामा त मृतकको नाममासमेत मतदान भएको भन्दै एमालेले पुनः मतदानको माग गरेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।
प्रतिक्रिया